Header Ads

चितवनमा थप २ जनालाई स्वाइन फ्लु लागेको पुष्टि, जम्मा ६ पुग्यो

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । दुई दिनअघि १४ जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएकामा थप दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज जानकारी दिएको छ ।

 योसँगै अहिलेसम्म जिल्लामा उपचार गराएका छ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । केही दिनअघि यहाँ चारजनामा फ्लु लागेको पुष्टि भएको थियो । दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण भएको आज मात्रै पुष्टि भएको जानकारी आएको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका ६० जनाको नमुना परीक्षणमा छ जनामा स्वाइन फ्लु लागेको पाइएको हो ।

नेपालभरमा अहिलेसम्म ४३ जनामा स्वाइन फ्लु लागेको सार्वजनिक भएको छ । इन्फ्लुएन्जा ए एचवान एनवान अर्थात् स्वाइन फ्लु सङ्क्रमण भएकामा एकजना नवलपरासी र एकजना गोरखाका बिरामी रहेको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक राम केसीले आज बताउनुभयो । उनीहरु भरतपुर अस्पतालमा उपचाररत थिए । आइतबारमात्रै काठमाडाँैमा उपचार गराइरहेकी एक महिलाको स्वाइन फ्लुका कारण ज्यान गएको पुष्टि भएको थियो ।

 जिल्लामा स्वाइन फ्लुका बिरामी भेटिएपछि स्वाइन फ्लु बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । चितवन जिल्ला भारतसँग जोडिएकाले र नेपालकै तेस्रो पर्यटकीय क्षेत्र र विदेशीको बढी चहलपहल हुने जिल्ला भएकाले सतर्कतामा जोड दिइएको छ । इन्फ्लुएन्जा ए एचवान एनवान नामको रोग नै स्वाइन फ्लु हो । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

 रोग आउनुपूर्व नै पूर्व तयारीका कामहरु गरिएको बताउँदै केसीले रोगविरुद्ध दिइने भ्याक्सिन तथा औÈधिहरु तयारी अवस्थामा राखिएको छ । स्वाइन फ्लु सङ्क्रमणले भारतमा सयौँको ज्यान गइसकेको छ । रुघाखोकी, घा“टी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु यसका लक्षण हुन् । यसबाट बच्न मास्क लगाउने आवश्यक सावधानी अपनाउने, भीडभाडमा नजाने र रुघा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा जचाउनुपर्ने चिकित्सकले बताएका छन् ।
Powered by Blogger.