Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र १४ गते । शनिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल चैत्र शुल्क पक्ष नवमी तिथि, चैत १४  गते शनिबार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
ऊर्जावान् समय छ। हिम्मत बढ्नेछ। रचनात्मक काम सुरु गर्ने मौका छ। तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ। प्रतिस्पर्धीहरूले समेत सहकार्यका हात अघि बढाउलान्। आफ्नो वर्ग, क्षेत्रको नेतृत्व गर्नुपर्नेछ। सहयोगीहरूको साथ मिल्नाले कठिन काम समेत सजिलै बन्नेछन्। आर्थिक समस्या पनि समाधान हुनेछ। नयाँ वस्त्र, अलंकार आदिमा रमाउने योग छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
बौद्धिक क्षमता र तर्कशक्ति बढ्नेछ। विचारले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। तपाईंको कार्यशैलीलाई धेरैले तारिफ गर्नेछन्। आलोचकहरूले समेत प्रशंसा गर्लान्। अरूका लागि ज्ञान बाँड्ने समय छ। आर्थिक अभाव सजिलै सुल्झनेछ। पढाइलेखाइमा पनि प्रगति होला। आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका छ। मान–सम्मान समेत पाइने योग छ, क्रियाशील रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
दिन आनन्दमा बित्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्। विशेष भेटघाटमा रमाउने समय छ। छोटै समयमा आँटेका काम सम्पादन होलान्। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ला। सुखद समाचारले व्यावसायिक काममा थप हौसला मिल्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
समय र रकमको सदुपयोग गर्न अलि नसकिएला। काममा लगानी बढाउनुपर्ला। घरखर्च बढ्नेछ। यात्राको व्यवस्थापन र तपाईंका सोख परिपूर्तिमा पनि सञ्चित रकम खर्च होला। व्यवसायमा धेरै फाइदा नहोला। व्यवहारले आफन्तलाई खुसी पार्न नसकिएला। नजिकका साथीभाइ टाढिन सक्छन्। तर, केही विलम्ब भए पनि आँटेको काम भने बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आर्थिक गतिविधिमा बढी फाइदाको दिन छ। नसोचेको धनलाभ हुनेछ। आम्दानी प्रशस्तै बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आम्दानीको दीर्घकालीन स्रोत फेला पर्नेछ। शैक्षिक गतिविधिमा पनि प्रगति होला। व्यापारमा प्रशस्त फाइदा हुने योग छ। श्रमको उचित मूल्यांंकन होला। सजिलै दाम, नाम र इनाम हातपार्ने मौका छ, क्रियाशील रहनुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
काम गरेरै अरूको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ। दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा होला। सानै प्रयत्नले पनि ठूलो काम बन्न सक्छ। कीर्तिमानी काम सुरुवात हुनुका साथै कर्मसिद्धिको समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
परिश्रम परे पनि मूल्य राम्रै उठाउन सकिनेछ। नयाँ जिम्मेवारी हातपार्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्ने काम सुरु गरिएला। अरूलाई समेत नमुना बनेर देखाउन सकिनेछ। धेरैले तपाईंको तारिफ गर्नेछन्। प्रयत्न गर्दा रोकिएका काम सजिलै सम्पादन होलान्। धर्मकर्म र आध्यात्मिक काममा रुचि जाग्नेछ। अरूका लागि पनि प्रेरक बन्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
रमाइलो यात्रा गर्ने मौका छ। व्यापार–व्यवसाय विस्तार गर्न सकिनेछ। पतिपत्नीमा आत्मीयता बढ्नेछ। मनोरञ्जनपूर्ण जमघटमा सहभागी बन्ने मौका छ। नयाँ सवारी साधन, वस्त्र, अलंकार आदिको आनन्द पाइएला। नयाँ मित्रहरू बढ्नेछन्। सहयोगीहरूको पनि साथ मिल्नेछ। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट खानपानको आनन्द मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
शरीरमा स्फूर्ति बढ्नुका साथै काममा पनि उत्साह जाग्नेछ। आँटेका काम सजिलै बन्नेछन्। धेरैलाई गर्वसाथ काम देखाउन सकिनेछ। ईष्र्या गर्नेहरूलाई पनि पौरख गरेर देखाउने समय छ। शत्रुबाधा स्वतः हटेर जाला। कामका चुनौतीहरू पनि समाप्त हुनेछन्। लामो यात्राको चाँजो मिलाउन सकिनेछ। मुद्दामामिलामा पनि विजयी भइएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पढाइलेखाइमा प्रगति हुनेछ। तपाईंको प्रतिभाको राम्रै कदर हुनेछ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र आँटेका काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र लाभ होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला। कुरा काट्ने र हतोत्साहित बनाउनेहरू सक्रिय रहनेछन्। नजिककै व्यक्तित्वबाट धोका पाइएला। सहयोगको आस गरेका व्यक्तिले समेत निरुत्साहित बनाउन खोज्नेछन्। अरूको भर पर्दा भइराखेको काम समेत बिग्रन सक्छ। नयाँ काममा हात हाल्नुअघि वातावरणको अनुकूलतामा विचार पुर्याउनुहोला।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.