Header Ads

मिति: वि.सं.२०७१ साल फागुन २८ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। मानसम्मान पनि पाइनेछ। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्ने समय छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। ढिलै भए पनि विशेष लाभ हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइने योग छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
प्रतिकूल परिस्थितिका बीच पनि प्रगति गर्न सकिनेछ। सुखद समाचारले उत्साहित भइनेछ। काममा पनि बिस्तारै फाइदा हुनेछ। कृषि र पशुपालनमा लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पढाइलेखाइमा उन्नति हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। विश्वासपात्रबाट धोका पाइने समय छ, सचेत रहनुहोला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा उत्साहजनक सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आर्थिक अभावले सताउने देखिन्छ। सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्न सक्छ। दैनिक काममा पनि विघ्नबाधा हुन सक्छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। अलि अन्यायमा परिएला, सचेत रहनुपर्ने बेला छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
प्रशस्त आम्दानी बढ्न्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइलेखाइमा प्रगति हुनेछ। समय उत्साहवद्र्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
ढिलै सम्पादन भए पनि आजको कामबाट राम्रै फाइदा हुनेछ। प्रतिष्ठा पनि बढ्नेछ। मान–सम्मान पाइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
अरूका काममा समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्ममा त्यत्ति समय दिन नसकिएला। सेवामूलक काममा पनि अवरोध आउला।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.