दुवै आइजिपी किन जाँदै छन विदेश ?
काठमाडौं, फागुन २४ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक विदेश भ्रमणमा जाने भएका छन् । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल चीन र सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त जापान जाने तयारीमा छन् ।

चीन सरकारको निमन्त्रणमा नेपाल प्रहरीका महानिरीक्षक अर्याल त्यसतर्फ जान लागेका हुन् । उनी बिहीबार नै चीन जाने कार्यक्रम थियो । टर्किस एयरलाइन्सको विमान दुर्घटनाका कारण अन्तर्राष्ट्रिय उडान रोकिँदा उनको भ्रमण स्थगित भएको हो ।
केही दिनपछि उनी चीन जाने तयारीमा छन् । सशस्त्रका महानिरीक्षक वन्त दुई सातापछि जापान जाँदै छन् । मिति भने तय नभइसकेको सशस्त्रका प्रहरी नायव महानिरीक्षक पुष्पराम केसीले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
