Header Ads

मिति: वि.सं.२०७१ साल फागुन २१ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
व्यवसायमा विशेष लाभ लिने समय छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार– व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। काममा मातापिताको सहयोग प्राप्त होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्ने देखिन्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। धेरै व्यक्ति तपाईंका प्रशंसक बन्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मन पर्ने वस्त्र, अलंकार आदि वस्तुहरू उपहार पाइने योग छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
काममा लगानी बढाउन सकिनेछ। नसोचेको काम बन्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। काम र बसाइमा स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। केही मात्रामा खर्च बढ्ने र काममा आलस्य पनि जाग्नेछ। तापनि, समयले साथ दिनेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सजग रहनुपर्नेछ। प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहजनक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ हुनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। तर, अरूका जिम्मेवारी वहन गर्नुपर्ला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ।सानो प्रयासले भाग्योन्नतिको समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा बाधा, अनायास क्षति जस्ता समस्याले पनि सताउलान्। काममा केही चुनौती देखिनेछन्। तापनि, सहयोगीहरूले काममा तत्परता देखाउनेछन्। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको वस्तु लाभ हुने समय छ। इष्टदेवको पूजा–उपासना गर्दा बाधा हट्नुका साथै फाइदा होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला। विगतका समस्या दोहोखिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। आम्दानी बढ्ने समय छ। गरेका काममा फाइदा होला। वैदेशिक यात्राको अवसर आउला। लेनदेनमा भने विवाद आउने योग छ। काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। प्रतिस्पर्धा, वादविवाद र साझेदारीमा निकै सजग रहनुहोला।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.