Header Ads

कम्मर जोडिएका दुई बच्चालाई ९ घण्टा लगाएर यसरी अलग गरियो : फोटोफिचरसहित

एजेन्सी । साउदी अरेवियामा चिकित्सकहरु कम्मरमा जोडिएका जम्ल्याहा बच्चालाई अलग गरेर जिवित राख्न सफल भएका छन् । नौ चरणमा ९ घण्टा लगाएर गरिएको सर्जरीपछि बच्चाहरु जिवित रहने आशा गरिएको छ। साउदीका पूर्व स्वास्थ्यमन्त्री अब्दुल्ला अल–रबियाह नेतृत्वको सर्जनहरुको टोलीले रियादमा यो अपरेशन गरेका हुन् । समाचारअनुसार अब्दुल्ला र अब्दुल रहमान नामका दुई बच्चाको स्वास्थ्य ठिक छ । यद्यपि अहिले उनीहरुलाई आइसीयूमा राखिएको छ। रियादको किङ्ग अब्दुल अजीज मेडिकल सिटीमा यो अपरेशन गरिएको हो । यी बच्चा भने यमनका हुन् । सुरुवाती जाँचमा बच्चाका मुख्य आन्द्रा  र अन्य अंग एउटै भएको फेला परेको थियो । अस्पतालका प्रवक्ताका अनुसार शनिबार ९ चरणमा चिकित्सकहरुले ९ घण्टा लामो सर्जरी गरेर दुई बच्चालाई अलग गरेका हुन् । अस्पतालका प्रवक्ताले भने–बच्चाको मुख्य आन्द्राका साथै उनीहरुको युरिनरी सिस्टम र पेल्भक बोन (पेट र तिघ्राबीचको भाग) पनि अलग गर्नु जरुरी थियो । यद्यपि अलग गरिएपछि दुवै बच्चाको शरीरको शेपका लागि दुई अलग अलग टिम बनाइएको थियो । यो अपरेशनपछि बच्चा तन्दुरुस्त हुने ६० देखि ७० प्रतिशत आशा रहेको बताइएको छ। चिकित्सकहरुका अनुसार बच्चाहरु निकै तिब्रताका साथ स्वस्थ भइरहेका छन् । विगत दुई दशकमा साउदी अरेवियामा यस्ता ३० वटा घटनामा चिकित्सकहरुले सफलता हासिल गरेका छन् । सन् १०९० पछि यो ३५औं अपरेशन हो । यसअघि अमेरिकाको टेक्सासमा सर्जनहरुको टिमले टाउने र पेट जोडिएका दश महिनो जम्ल्याहा बालिकालाई अलग गरेर बचाएका थिए । -एजेन्सीको सहयोगमा
Powered by Blogger.