आफूलाई बिकिनी गर्ल भन्न नरुचाउने एभलिनका हट बिकिनी अवतार (फोटोफिचरसहित)
एजेन्सी । बलिउडकी बोल्ड गर्ल एभलिन शर्माले हालै आफ्नो चलचित्र ‘इश्केदारियाँ’ को प्रवर्द्धनका क्रममा आफू बिकिनी गर्ल नभएको बताएकी थिइन् । तर, अहिलेसम्म बलिउडमा उनको जति पनि चलचित्र आएको छ सबैमा उनको बिकिनी र बोल्ड अवतारमै देखा परेकी छन् ।
सन् २००६ मा ब्रिटिश फिल्म ‘टर्न लेफ्ट’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी एभलिन जर्मन–इन्डियन मोडल तथा अभिनेत्री हुन् । एभलिन बलिउडमा चलचित्र ‘सिड्नी विद लभ’बाट प्रवेश गरेकी हुन् ।
चलचित्र ‘यह जवानी है दीवानी’ मा एभलिन रणवीर कपुर र दीपिका पादुकोणका साथ देखा परेकी थिइन् ।
यसका साथै बिचमा बिकिनी लगाएर एभलिनले यो यो हनी सिंहको हिट गीत ‘आज ब्लु है पानी’ मा पनि नृत्य गरेकी छन् ।
एभलिन यो वर्ष मेमा रिलिज हुने सनी लियोनको चलचित्र ‘कुछ कुछ लोचा’ मा पनि देखिने छिन् । अहिलेसम्म चलचित्रमा सानातिना भूमिकामा देखिएकी एभलिन चाँडै नै ‘इश्केदारियाँ’ मा मुख्य भूमिकामा देखा पर्दै छिन् ।
चलचित्र एभलिन बिकिनीमा होइन सामान्य युवतीका रुपमा देखा पर्ने बताइएको छ।
चलचित्रका साथै एभलिन टेलिभिजनमा पनि सक्रिय छिन् । एभलिन ट्राभल शो ‘लाइफ में एक बार’ को अंग पनि हुन् । युकेका कयौ कस्मेटिक ब्राण्डका लागि मोडलिङ गरिसकेकी एभलिन भारतीय लान्जरी ब्राण्ड बडी केयरको ब्राण्ड एम्बेसडर पनि हुन् ।
सन् २००६ मा ब्रिटिश फिल्म ‘टर्न लेफ्ट’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी एभलिन जर्मन–इन्डियन मोडल तथा अभिनेत्री हुन् । एभलिन बलिउडमा चलचित्र ‘सिड्नी विद लभ’बाट प्रवेश गरेकी हुन् ।
चलचित्र ‘यह जवानी है दीवानी’ मा एभलिन रणवीर कपुर र दीपिका पादुकोणका साथ देखा परेकी थिइन् ।
यसका साथै बिचमा बिकिनी लगाएर एभलिनले यो यो हनी सिंहको हिट गीत ‘आज ब्लु है पानी’ मा पनि नृत्य गरेकी छन् ।
एभलिन यो वर्ष मेमा रिलिज हुने सनी लियोनको चलचित्र ‘कुछ कुछ लोचा’ मा पनि देखिने छिन् । अहिलेसम्म चलचित्रमा सानातिना भूमिकामा देखिएकी एभलिन चाँडै नै ‘इश्केदारियाँ’ मा मुख्य भूमिकामा देखा पर्दै छिन् ।
चलचित्र एभलिन बिकिनीमा होइन सामान्य युवतीका रुपमा देखा पर्ने बताइएको छ।चलचित्रका साथै एभलिन टेलिभिजनमा पनि सक्रिय छिन् । एभलिन ट्राभल शो ‘लाइफ में एक बार’ को अंग पनि हुन् । युकेका कयौ कस्मेटिक ब्राण्डका लागि मोडलिङ गरिसकेकी एभलिन भारतीय लान्जरी ब्राण्ड बडी केयरको ब्राण्ड एम्बेसडर पनि हुन् ।