Header Ads

कतारमा दुई नेपालीको जलेर मृत्यु

दोहा, कतार । स्थानीय राजमार्गमा सवारी दुर्घटनामा परी शनिबार सबेरै दुई नेपालीको ज्यान गएको छ । आफ्ना सहकर्मीलाई हमाद विमानस्थलमा छाडेर फर्कने क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बू दुर्घटनामा परेका हुन् ।

उनीहरुको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको छ । गाडी चालक गणेश ढुंगाना गम्भीर घाइते छन् । दुवैका शव हमाद अस्पतालमा राखिएको छ । ‘गाडी पल्टिएपछि आगलागी भएछ ।

जलेर दुई साथीको मृत्यु हुनपुग्यो,’ एउटै कम्पनीमा कार्यरत नरेश शर्माले भने,‘बिहान ड्युटीमा नभेटिएर सोधखोज गर्दा मात्रै घटनाबारे जानकारी पाइयो ।’

उनीहरु कतारको प्रतिष्ठित मिराक कम्पनीमा कार्यरत थिए । दुवै सुपरभाइजर हुन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.