किन खतरामा पर्दै छ एक मात्र अन्तराष्ट्रिय एयरपोर्ट
काठमाडौं । राजनीतिक मात्र होइन,हरेक क्षेत्रमा विश्वमा नेपालको बारेमा गलत खबर मात्र फैलिरहेका छन् । पर्यटनको क्षेत्रमा बेला–बेला नेपालको सकारात्मक प्रचार भए पनि नेपाल विश्वमै धेरै विमान दुर्घटना हुने देशका रुपमा बदनाम भइरहेको छ ।
गत साता टर्किस एयरलाइन्स रनवेमा चिप्लिदा चार दिनसम्म विमानस्थल बन्द भयो । जसले नेपालको ठूलै बदनाम भयो ।
कमिसनका कारण देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा थ्रेट बढेको छ । एयरपोर्ट छेउछाउमा बन्न थालेका गगनचुम्बी महलहरुले गर्दा हवाई क्षेत्रमा असुरक्षाको चिन्ता थपिएको छ ।
विमानस्थलको चारै क्षेत्रमा धमाधम अग्ला भवनहरु बढिरहेका छन् ।
जुन आन्तरिक उडानका लागि समस्याका रुपमा देखिन थालेका छन् । नेपाल नागरिक उड्नयन प्राधिकरणले पनि दुईवटा भवन भत्काउनका लागि महानगरपालिकालाई पत्राचार गरिसकेको छ । प्राधिकरणका महाप्रवन्धक रतिचन्द्रलाल सुमनका अनुसार सिनामंगल चोक र कोटेश्वरको भवन भत्काउनका लागि महानगरपालिकालाई करिब तीन साताअघि पत्राचार भइरहेको छ ।
तर,भवन निर्माण रोकिएको छैन,रातिराति काम गरेर निर्माण प्रक्रियालाई अघि बढाइएको छ । सबैभन्दा ठूलो खतरा कोटेश्वरमा ट्राफिक वृत्त पछाडि बनिरहेको सिटी टावरले दिएको छ । आठ तले उक्त भवनमाथि पनि अहिले रेस्टुरेन्टका लागि भनेर पिलर ठोक्ने काम भइरहेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
