Header Ads

आज विश्व उपभोक्ता अधिकार दिवस, विन्नि कार्यक्रम गरी मनाइँदै

काठमाडौ, चैत १ । विश्व उपभोक्ता अधिकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले दिवसमा अवसरमा गोष्ठी, अन्तरक्रिया तथा चेतनामूलक कार्यक्रमहरू गर्दैछन् ।

हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाइने गरिन्छ । सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारमा रूपमा घोषणा गर्नुभएको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

पछि सन् १९८५ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाबाट पनि केही बुँदा थपी आठ अधिकारको अनुबन्ध पारित गरिएको थियो । उपभोक्ता हित संरक्षण मञ्चले पनि आज काठमाण्डुमा कार्यक्रम गर्दैछ ।

विभिन्न संघ सस्थाले पानी, खाद्य स्वच्छता र उपभोक्ता अधिकार विषयमा कार्यक्रम गर्दैछन् ।
Powered by Blogger.