Header Ads

२० हजारमा एसएलसी दिन ‘ठेक्का’ ठेक्का लिएर एसएलसी दिने पक्राउ

काठमााडौं, चैत ९ । २० हजार रुपैयाँ लिएर अर्कैको नाममा एसएलसी दिने व्यक्ति पक्राउ परेका छन् । वैष्णवी माविका सविन रानामगरको नाममा परीक्षा दिइरहेका सञ्जय कार्की पक्राउ परेका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयका उपन्यिन्त्रक अनुपमचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सुराकीका आधारमा आइतबार बालुवाटारस्थित महेन्द्र राष्ट्रिय उमावि केन्द्रबाट कार्कीलाई पक्राउ गरेको हो ।

उपनियन्त्रक श्रेष्ठका अनुसार थाकोटका कार्की ०९०३२५९ ‘एस’ सिम्बोल नम्बरका सविन रानामगरको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् । आइतबार गणित विषयको परीक्षा थियो ।

‘नक्कली परीक्षार्थी भएको थाहा पाएपछि प्रहरीले पक्राउ गरेर बयान लिँदा २० हजारमा कन्ट्याक्ट गरेको पाइयो,’ काठमाडौं जिल्ला शिक्षा अधिकारी बालकृष्ण रञ्जितले भने,‘१० हजार ४ गते नै बुझेको रहेछ,बाँकी परीक्षा सकेपछि लिने कबुल गरेको रहेछ ।’
Powered by Blogger.