Header Ads

राजसंस्था राख्ने सहमति श्यामशरणले उल्ट्याए पछी

काठमाडौं, फागुन १८ । दोस्रो जनआन्दोलन २०६२–६३ मा तत्कालीन राजा र आन्दोलनरत दलहरुबीच राजसंस्था राख्ने सहमति भएको तर नेपालका लागि भारतका पूर्वराजदूत श्यामशरणले त्यसलाई उल्ट्याएको खुलासा राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणाले गरेका छन् ।

राणाका अनुसार भारतीय कांग्रेस आईका वरिष्ठ नेता करण सिंहको पहलमा राजसंस्था राख्ने सहमति भए पनि त्यसबेला नेपाल आएका अर्का भारतीय प्रतिनिधि श्यामशरणले उल्ट्याएका हुन् । जनआन्दोलन चर्किएका बेला तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रुपमा सिंह र श्यामशरण २०६३ वैशाख पहिलो साता मध्यस्थता गर्न भनेर नेपाल आएका थिए ।

सिंहले त्यसबेला राजा ज्ञानेन्द्र र आन्दोलनरत नेताहरुसँग भेटेर दुवै पक्षबीच सहमतिको वातावरण बनाउन पहल गरेका थिए । कुनै न कुनै रुपमा राजसंस्थालाई निरन्तरता दिने विषयमा सहमति भएको चर्चा त्यतिबेला चलेको थियो ।

यसैकारण पुर्नस्थिापित प्रतिनिधिसभाको जेठ ४ गते बस्ने बैठकमा राजसंस्था उत्तराधिकारी ऐन संशोधन प्रस्ताव लैजाने सहमति भएको स्रोतको दावी छ । भारतले आन्दोलनरत तत्कालीन दल र विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सहमति गराउन महत्पूर्ण भूमिका निर्वाह गरेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.