नेपलि सेनाभित्र सिपाही भर्तीमा नै यसरि मोलमोलाई ! यसमा उच्च तहकै आशिर्वाद
काठमाडौं, फागुन १८ । नेपाली सेनाले खोलेको रिक्रुट भर्ना छनोटमा रकमको मोलतोल हुन थालेको सुचना प्राप्त भएको छ । यतिबेला सेनाले देशैभर नयाँ सिपाही भर्नाका लागि पाँच विकास क्षेत्रका प्रितना मातहत फागुन ११ गतेबाट भर्ती खुला गरिरहेको छ । बढ्दो वेरोजगारीका कारण एक सय जनाको भर्ना खोलेको स्थानमा हजार बढीले आवेदन दिएका छन् ।
यही मौकाको फाइदा उठाउँदै पहुँचवालाहरुले रकमको मोलतोल गर्न थालेका र कतिपय उच्च सैनिक अधिकारीहरुले त रकम उठौतीकै लागि विचौलियाहरुलाई समेत प्रयोग गरेको सूचना प्राप्त भएको सैन्य मुख्यालय स्रोतले रातोपाटीलाई बताएको छ । स्रोतका अनुसार प्रितनापतिहरुकै निर्देशनमा भर्ना छनोटमा उठौती/पुठौती सुरु गरिएको हो । विकास निमार्णमा छुट्याइएको रकम, रासन, बर्दीमा घोटालाबाहेक भर्ना छनोटमा गरिने लेनदेन पृतनापतिहरुको आयको ठूलो माध्यम हो ।

यसर्थ पृतनापति र उनीहरु मातहतका निकायले यस पटकको भर्ना छनोटको सक्दो दुरुपयोग गरिरहेका स्रोतको दावी छ । बाहिरबाट हेर्दा कम भ्रष्टाचार हुने जस्तो देखिए पनि संस्थागत रुपमा सबैभन्दा ठूलो अनियमितता हुने निकाय नेपाली सेना हो । निजामती कर्मचारी, प्रहरीमा भन्दा धेरै ठूलो पैमानामा नेपाली सेनाभित्र भ्रष्टाचार हुने गरेको छ । तर, सेनाभित्र हुने गरेको भ्रष्टाचार सितिमिति बाहिर आउदैन ।
निजामती कर्मचारी/प्रहरीका अधिकृत र नेपाली सेनाका अधिकृतहरुको तलब/भत्ता बराबर जस्तै हुन्छ । तर, सेनाका कर्णेल/जर्नेल र उनीहरुका श्रीमती/छोराछोरीहरुको चुरीफुरीलाई मात्र नियाल्ने हो भने पनि यस संस्थाभित्र कुन हदसम्म आर्थिक अनियमितता हुँदो रहेछ भन्ने छर्लङ्ग हुन्छ । स्रोतका भनाईमा यस पटकको भर्ना छनोटमा पृतनापतिहरुकै निर्देशनमा सिपाही हुन चाहनेहरुबाट रकम उठाउन थालिएको हो ।
सिपाहीमा भर्ती हुन चाहने एक व्यक्तिबाट न्युनतम तीन लाखदेखि पाँच लाख रुपियाँसम्म उठाउने काम भइरहेको स्रोत बताउँछ । ‘सिपाही हुनका लागि त्यति रकम र पहुँच नहुनेहरु सक्षम र योग्य नै भए पनि भर्ना छनोटमा नपर्ने निश्चित जस्तै भइसकेको छ,’ सैन्य स्रोत भन्छ, ‘सेनाका उच्च अधिकारीहरुका लागि यो भर्ना छनोट चिट्ठा खोजेजस्तो भएको छ ।’