Header Ads

भोलिबाट आन्दोलन हुन्छ : वर्षमान पुन

काठमाडौ, फागुन ३० । एमाओवादीका नेता वर्षमान पुनले कांग्रेस एमाले ९ बुँदे सहमतिबाट पछि नहटेकोले वार्ताको औचित्य नभएको बताएका छन ।

पुनले भोलिबाट नै आन्दोलन सुरु हुने बताएका छन । बालुवाटारमा बसेको चारदलको बैठकमा सहभागी उता एमालेका उपाध्यक्ष एवम गृहमन्त्री बामदेव गौतमले ९ बुदे सहमति अनुसार नै अघि बढ्ने बताएका छन ।
फाइल फोटो

उनले भने भोलि बाट नै प्रक्रिया अगाडि बढ्छ । त्यस्तै एमालेका उपाध्यक्ष भिम रावलले विपक्षीलाई आन्दोलनमा नजान आग्रह गरेको बताएका छन ।

बैठकबाट बाहिरदै गर्दा रावलले संचारकर्मीसँग यस्तो आग्रह गरेको बताएका हुन । रावलले भने ‘हामीले आन्दोलनमा नजान भनेका छौ। अहिले सबैले आ-आफ्नो कुरा राख्दै हुनुहुन्छ ।’
Powered by Blogger.