Header Ads

जसले ६१ वर्ष देखि नुहाएका छैनन्, पकाएको खाना समेत खाँदैनन्

एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ, कुनै मानिसले ६१ वर्षसम्म पनि ननुहाई बस्न सक्छ ? तर इरानका अमाउ हडजी नाम गरेका एक व्यक्तिले ६१ वर्ष देखि नुहाएका छैनन् ।

८० वर्षिय उनले ६१ वर्षसम्म पनि नुहाएका छैनन् । घरबार विहिन उनी जहाँ कहिँ पनि सुतिदिन्छन् । उनको शरीरबाट निकै दुर्गन्ध आउने गर्छ । उनी बस्नका लागि प्रकृतिको काख नै मन पराउँछन् ।

८० वर्षिय ती वृद्धले पकाएको खाने कुरा समेत खाँदैनन् । उनले धेरैजसो मरेका जनावरको मासु खाने गर्छन् । साथै उनले जनावरको मल समेत खाने गरेको वल्र्ड अब्जर्बर नामक पत्रिकाले लेखेको छ ।
Powered by Blogger.