Header Ads

एसिड पीडित किशोरीहरूलाई रेनायिका खा थापाले भेटाइदिइन्

काठमाडौं, चैत १७ । नायिका रेखा थापाले राजधानीमा एसिड प्रहारबाट घाइते भएका किशोरीहरु सीमा बस्नेत र संगीता मगरको भेट गराइदिएकी छन् । रेखाले सीमा र संगीतालाई काठमाण्डु मेडिकल कलेज सिनामंगलमा मंगलबार भेटाएकी हुन् ।

वीर अस्पतालमा फ्लोअप उपचारका लागि आएकी सीमालाई आफ्नै निजी कारमा राखेर रेखाले केएमसी पुर्याएकी थिइन् । घटनापछि पहिलोपटक भेट्न पाएकामा सीमा र संगीता आपसमा अंकमाल गरेर रोएका थिए । उनीहरुले झण्डै एक घण्टा सँगै बिताएको चलचित्र भीमदत्तका निर्देशक हिमग्याप लामाले काठमाण्डु टुडेलाई जानकारी दिए ।

 एसिड प्रहार गर्ने अभियुक्तविरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै प्रहरीले दुई पीडित युवतीलाई भेट्न दिएको थिएन । सीमा र संगीताले आफूहरुले पुनर्जन्म पाएको भन्दै बाँकी जीवन समाज सेवामा लगाउने बताए । निर्देशक लामाका अनुसार घटनाबाट हतोत्साहित नभई आफूहरु मुलुकको सेवामा समर्पित हुने प्रण उनीहरुको थियो ।

भेटमा नायिका थापालाई सीमा र संगीता दुवैले अपराधीले कुनै हालतमा उन्मुक्ति पाउन नहुने भन्दै आजीवन काराबास सजायका लागि पहल गरिदिन आग्रह गरेका थिए । एसएलसी परीक्षाको तयारीमा रहेका उनीहरुमाथि ट्युशन पढ्न गएका बेला गत फागुन १० गते बिहान एसिड प्रहार भएको थियो । उनीहरु दुवैले अस्पतालबाटै एसएलसी दिएका थिए ।

अस्पतालमा दुई पीडित किशोरीको भेट गराएकामा खुसी व्यक्त गर्दै सातै महादेशका उच्च हिमाल चढ्ने पहिलो नेपाली ओरोही सुस्मिता मास्केले अभिनयका साथै सामाजिक काममा सक्रियता देखाएकामा रेखाको प्रशंगा गरेकी थिइन् । मुलुककी चर्चित नायिकाले पीडितलाई अस्पतालमै पुगेर उत्साह प्रदान गर्नु गर्वको विषय भएको उनको भनाइ थियो । @kathmandutoday
Powered by Blogger.