Header Ads

अपडेट : दुर्घटनाग्रस्त टर्किस जहाज हटाउन यसरि आइपुग्यो भारतीय बायुसेनाको हर्कुलस विशेष जहाज

काठमाडौं, फागुन २१ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानलाई पन्छाउन भारतीय सेनाको विशेष जहाज विहीबार दिउँसो काठमाडौं आइपुगेको छ । विशेष उपकरणसहित नेपाल आएको खरानी रङको सो जहाजले धावनमार्गमा अडि्कएको टर्किस एयरलाईन्सको विमानलाई उद्धार गर्ने छ ।

 भारतीय विमान टर्किस विमानकै छेउमा ल्याण्ड गरिएको छ । विमान हटाउन कति समय लाग्छ भन्ने अधिकारीहरूले बताएका छैनन् । पाँच बजेपछि विमानस्थल खुल्ला गर्ने भनिए पनि अझै अन्योल छ । छोटो रनवेमा पनि अवतरण गर्न सक्ने सो जहाज विहान ११ बजे काठमाडौं आइपुग्ने भनिए पनि हेभ्भी इक्विप्मेनेन्टसहितको भारतीय बायु सेनाको हर्कुलस जहाज बिहीबार दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । बिमान अवतरणका साथ साथै भारतीय विमानबाट उद्धारका उपकरणहरु झिक्न थालिएको छ ।

 सो जहाजमा ल्याइएको हेभ्भी इक्विप्मेन्ट दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज तान्ने भएको छ । २२४ यात्रुसहितको टर्किस एयरलाइन्सको जहाज बुधबार बिहान अवतरणका क्रममा त्रिभुवन विमानस्थलको धावनमार्ग नजिकैको घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो । अगाडिका टायर फुटेर जमिनमा धस्सिएको जहाजलार्इ दुर्घटनास्थलबाट आजै हटाइने बताइएको छ ।

  रद्द भयो ८० फ्लाइट
विमानस्थल दिनभर बन्द भएपछि ४० वटा उड्ने र ४० वटा अवतरण गर्ने गरी ८० फ्लाइट रद्द भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। आन्तरिक तर्फ करिब ५ घण्टा उडान बन्द गरिएको थियो। करिब २५ हजार यात्रु यसबाट प्रभावित भए।
Powered by Blogger.