आज नयाँ गभर्नर छानिने, को बन्ला त नयाँ गभर्नर ?
काठमाडौं,चैत ५ । नेपाल राष्ट्र बैंकको गभर्नर आज बिहीबार चयन हुने भएको छ । आजै नयाँ गभर्नर डा. युवराज खतिवडा आफ्नो पाँच वर्षे कार्यकाल सकेर अवकाशप्राप्त हुनेछन् ।
गभर्नरले अवकाश पाउने अघिल्लो दिन अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वको समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
गभर्नरले अवकाश पाउने अघिल्लो दिन अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वको समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

आज बिहान ९ बजे यसकै लागि मन्त्रिपरिषद्को बैठक बस्दै छ । अर्थमन्त्रालय स्रोतका अनुसार नयाँ गभर्नरनका लागि प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहाकार डा. चिरञ्जिवी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी तथा गोपला काफ्लेको नाम सिफारिस भएको छ ।
परिस्थितिमा नयाँ उथलपुथल नभए नेपाल नै गभर्नर बन्ने सम्भावना छ । अर्थमन्त्री महतले सिफारिसमा परेका नामहरुबारे बुधबार नै प्रधानमन्त्री कोइरालालाई अवगत गराएको कारण सिफारिसमा परेका नामहरु अब हेरफेर हुनेछैन । आजको आर्थिक दैनिकमा खबर छ ।
