Header Ads

काकाको शवसँग सेल्फी लिएपछि ...चर्चामा

एजेन्सी । केही समययता युुवाहरुमा सेल्फी लिने पागलपन सवार भएको छ । युवाहरु सेल्फी लिने कुनै मौका गुमाउँदैनन् । ट्वाइलेटमा होस य भान्सामा, बसमा होस या रेलमा कलेजमा होस् या सडकमा उनीहरु जहाँसुकै जस्तो अवस्थामा पनि सेल्फी लिइरहेका छन् ।

 कतिसम्म भने सुतेको बेलादेखि घाटसम्म पनि युवायुवती सेल्फीका लागि मरिहत्ते गर्छन् । युवाहरुमा सेल्फीको भुत सवार भएका बेला एक युवा पागलपनको सीमा नै नाघेका छन् ।

 भारतका एक युवाले केही दिनअघि आफ्ना काकाको निधन भएको सन्देशसहित उनको शवसँगै लिएको सेल्फी अहिले ट्वीटर र फेसबुकमा भाइरल बनेको छ । ती भारतीय युवाले आफ्ना काकाको शवसँगै लिएको सेल्फीले भारतीय मिडियामा समेत हल्लीखल्ली मच्चाएको छ ।

 यो सेल्फीको सामाजिक सञ्जालमा समेत निन्दा भएको छ । आम मानिससहित चर्चित सेलिब्रेटीहरुले समेत यो सेल्फीको खुुबै निन्द गरेका छन् ।
Powered by Blogger.