Header Ads

होलीको अवसरमा हुवावे अनर होली हंगामा हुने

काठमाडौं । हुवावे मोबाईलले काठमाडौंको पाको, न्यूरोड क्षेत्रमा रंगहरुको चाड होलीको अवसर पारेर हुवावे अनर होली हंगामा ल्याएको छ । काठमाडौंको पाको, न्यूरोडक्षेत्रमा हुवावेको अनर होली मोबाईल खरिदमा लागू हुनेगरी अनर होली हंगामा योजना अगाडि ल्याएको हो । हुवावे मोबाईलको पाको, न्यूरोड क्षेत्रको लागि एक मात्र अधिकृत बितरक टेलि टू प्रा.लि.ले नेपालीहरुको महान चाड होलीको अवसर पारेर अनर होली हंगामा योजना सार्वजनिक गरेको हो ।

 मार्च १ तारिख (फागुन १७ गते) देखि मार्च ८ तारिख (फागुन २४ गते) सम्म आयोजना गरिने हुवावे अनर होली हंगामामा विभिन्न्न अफरहरु ल्याएको टेलि टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रमा २१ गते होली (फागु पुर्णिमा) र तराईमा २२ गते होली मनाउने गरिन्छ । पाको, न्यूरोड क्षेत्रका पसलहरु तथा ताम्राकार कम्प्लेक्समा रहेका कुनैपनि पसलहरुमा हुवावेको अनर होली स्मार्टफोन खरिद गर्दा आकर्षक टिसर्ट, नगद छुट तथा स्योर सट उपहार दिईने कम्पनीले जानकारी दिएको छ ।

‘अनर होली हंगामाको अवधिभर अनर होली खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्कि ड्रको माध्यमबाट एक जनाले हुवावे अनर होली पुरस्कार जित्न सक्नेछन्,’ अध्यक्ष बस्नेतले भने, ‘होलीको माहौललाई उल्लासमय बनाउन विभिन्न उपहारहरु स्योर सटमा दिईनेछ ।’ कम्पनीले स्योर सट उपहारमा होली खेल्न आवश्यक पर्ने पिच्कारी, रंगहरु, बेलुनहरुलगायतका आकर्षक वस्तुहरु गिफ्ट ह्याम्परमा दिईने जनाएको छ ।

टेलि टूले रंगहरुको उत्सव होलीको अवसर पारेर होली मोबाईल खरिदगर्ने ग्राहकहरुलाई उत्साहित बनाउँदै न्यूरोड क्षेत्रलाई नै पूर्णरुपमा होलीमय बनाउने उदेश्यका साथ योजना ल्याएको स्पष्ट पारेको छ । कम्पनीका निर्देशक रोशन बिष्टले चीनियाँ कम्पनी हुवावे अहिले विश्वको प्रमुख १० मोबाइल कम्पनीमा पर्ने भन्दै नेपालमा पनि यो ब्राण्डका मोबाइलहरुको माग अधिक भएको बताए । निर्देशक विष्टले न्यूरोड क्षेत्रमा हुवावेका मोबाइलहरु विशेषगरी अनर होली मोडलको माग निकै रहेको दाबी गरे ।

हुवावेको अनर होली मोबाइलको अधिकतम खुद्रा मुल्य १३ हजार ९ सय ९९ रुपैंया रहेको छ । अनर होली हंगामा अवधिभर ताम्राकार कम्प्लेक्ससहित पाको, न्यूरोड क्षेत्रमा रहेका कुनैपनि पसलबाट ग्राहकहरुले हुवावेको अनर होली मोबाइल खरिद गर्दा स्योर सट उपहारका साथै छुटसहित लक्कि ड्रमा सहभागी हुनसक्नेछन् ।
Powered by Blogger.