रुसले यसरि फिर्ता माग्यो राजा महेन्द्रले लेनिनको सत्तासँग लिएको ऋण
काठमाडौं । रुस सरकारले ५७ वर्षअघि तत्कालीन सोभियत संघले नेपाललाई दिएको ११ लाख ६० हजार अमेरिकी डलर ऋण तिर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
सोभियत संघ विघटन भएको २६ वर्षपछि रुसले ऋण फिर्ताका लागि सरकारलाई आग्रह गरेको हो ।
अमेरिकी डलरको विनिमयदरअनुसार नेपालले रुसलाई ११ करोड ६० लाख रुपैयाँ फिर्ता गर्नुपर्छ । अर्थसचिव सुमन शर्माले रुसले नेपाललाई सोभियतकालीन पुरानो ऋण तिर्न आग्रह गरेको जानकारी दिए । ‘रुबलमा दिएको ऋण रुसले अहिले डलरमा भुक्तान गर्न भनेको छ’, उनले भने, ‘डलरमा भुक्तानी गर्न सम्झौता भइसक्यो ।’ रुस भ्रमणमा रहेका अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख मधुकुमार मरासिनीले रुसको पुरानो ऋण तिर्नेलगायत विषयमा सम्झौता गरेका छन् ।
सम्झौताअनुसार नेपालले रुसलाई तीन महिनाभित्र ऋण चुक्ता गर्नुपर्छ । अर्थ मन्त्रालयमा सोभियतकालमा लिएको ऋणबारे चर्चा चल्ने गरे पनि ५७ वर्षपछि ऋण फिर्ता गर्ने निर्णयले मन्त्रालयका अधिकारीहरू आश्चर्यमा परेका छन् । बेलायतबाट प्रकाशित हुने बिजनेस इन्साइडरले रुस आर्थिक संकटमा रहेकाले सोभियतकालीन ऋण उठाउने क्रममा रहेको उल्लेख गरेको छ ।
राजा महेन्द्रले सन् १९५८ मा तत्कालीन सोभियत संघसँग आर्थिक विकासका लागि ऋण लिने समझदारी गरेका थिए । तत्कालीन सोभियत संघले नेपालमा विभिन्न उद्योग निर्माण गर्नुका साथै विभिन्न पूर्वाधार क्षेत्रको निर्माणमा पनि सहयोग गरेको थियो । एक वर्षदेखि कच्चा तेलको मूल्य ओरालो लागेपछि रुस अहिले आर्थिक संकटमा छ ।
युक्रेनमा रहेको क्रिमिया रुसमा विलय भएपछि अमेरिकालगायत पश्चिमा राष्ट्रले रुसमाथि आर्थिक नाकाबन्दी गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य घटेपछि रुसी मुद्रा रुबल अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । निर्यातको प्रमुख वस्तु रहेको पेट्रोलियम पदार्थको मूल्य घटेपछि रुसले गर्ने विदेशी मुद्रा आर्जन पनि घटेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।