Header Ads

इन्गेजमेन्टको तिनवर्ष पछि विवाह गरे कप्तान पारसले

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्को बिहीबार विवाह भएको छ । प्राप्ती राज्यलक्ष्मी राणासंग बिहीबार होटल सांग्रिलामा पारस विवाह बन्धनमा बाधिएका हुन ।

 विवाहका लागि पारस बुद्धनगरस्थित घरबाट नेपाली टोलीका प्रशिक्षक पुवुदु दशानायक सहितको जन्ती लिएर होटल सांग्रिला पुगेका थिए । विवाहमा नेपाली क्रिकेट टोलीका अधिकांश सदस्यहरु सहभागी भएका थिए ।

 होटल परिसरमा नै गोडा धुने सहितका वैवाहिक विधिहरु सम्पन्न भएको थियो । यस अघि बुधबार स्वयंवरको कार्यक्रम भएको थियो । झण्डै तीनवर्ष अघि पारस र प्राप्ती विच इन्गेजमेन्ट भएको जनाईएको छ ।

तस्बिर स्रोतः पहिलो पोष्ट डटकम
Powered by Blogger.