नेपाल टेलिकमका अधिकृतलाई यसरि गरियो कैद र जरिवाना
काठमाडौँ । विशेष अदालतले राजस्व हिनामिना गरेका नेपाल टेलिकम विराटनगर शाखका सहायक प्रशासकीय अधिकृत प्रदीपकुमार नकर्मीलाई रु एक करोड ८४ लाख ५० हजार ०६८ जरिवाना र आठ वर्ष कैद गर्ने फैसला गरेको छ ।
नगद शाखा (क्यास फाँट) मा कार्यरत सहायक अधिकृत नकर्मीले राजस्व जम्मा भएको रकम टेलिकमको नाममा बैंक दाखिला नगरी हिनामिना गरेकाले अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलासले आज सो फैसला गरेको हो । सोही आरोपमा मुछिएका अर्का सहायक कर्मचारी इमु श्रेष्ठ (नकर्मी)लाई भने सफाइ दिइएको छ ।
सहायक अधिकृत नकर्मीले यसअघि रु ३९ लाख ३७ हजार रकम बुझाइसकेकाले बिगो बराबरको बाँकी रू एक करोड ४५ लाख १३ हजार ०६८ भराउनुपर्ने ठहर गरिएको छ । राजस्व दाखिला गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ असोज ४ मा उक्त अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।

भिडियो क्लिप हेर्नलाई तस्बिर मुनि क्लिक गर्नुहोला !