Header Ads

टाटासुमो दुर्घटना हुँदा तीनको ज्यान गयो, ६ जना घाइते

रौतहट । रौतहटबाट काठमाडौं जाँदै गरेको टाटा सुमो मकवानपुरको सिस्नेरीमा सोमबार दिउँसो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

 ना १ ज २७६६ नम्बरको सुमो दुर्घटनामा गम्भीर घाइते ६ जना यात्रुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 दुर्घट्नामा मृत्यु हुने यात्रुको सनाखत हुन सकेको छैन । दुर्घटनापछि सुमोमा सवार १० मध्ये एकजना यात्रु हराईरहेका छन् । उनको सिस्नेरी प्रहरी चौकीको टोलीले खोजी गरिरहेको छ ।

 घटनास्थलमा प्रहरीले उद्दारकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दीपक थापाले बताए । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको छ ।
Powered by Blogger.