दोहोरी गाउन कहाँ सजिलो छ र ? - देवी घर्तीमगर
गायिका देवी घर्तीमगर अहिले लोक दोहोरीमा छाएकी छिन् । व्यस्त गायिकाको सुचीमा रहेकी उनी दिनकै तीन–चार गीत रेकर्डिङ गर्न भ्याउछिन् । दोहोरी क्षेत्रमा लागेको झन्डै १० वर्ष पुग्दा उनले ४५ सयको हाराहारीमा गीत गाइसकेकी छन् ।
तीज, दसैंतिहार, पञ्चेबाजा, मायाप्रीति र देशभक्तका गीतहरुमा उनले स्वर भरेकी छन् । पश्चिमेली भाकामा छाएकी उनी पूर्वेली भाका पनि निकै मन पराउछिन् । तर पूर्वेली भाका गाउने मौका भने नमिलेको उनले सुनाईन् ।
बाग्लुङको पण्डवखानीबाट कलाकार बन्छु भनेर काठमाडौं छिरेकी उनलाई अचले भ्याईनभ्याई छ । स्टेज कार्यक्रम लिएर नै उनी भारत, दुबई, हङकङ, साउदी, मलेसिया, कतार, जापान, कोरिया पुगिसकेकी छिन् । उनै गायिका देवी घर्तीमगरसँग नेत्र तामाङले गरेको कुराकानी :
तीज सकियो, दसैंतिहार पनि सकियो, अब कस्ता गीतहरु बजारमा आउँदैछन् ?
चाडपर्व सकिदैनमा गीतको सिजन सकिदैन । अब बजारमा पञ्चेबाजाका गीतहरु आउनेछन् । बिहेको मौसम छ । यस्तै गीतहरु बजारमा आइरहेका छन् । मायाप्रीतिका दोहोरीहरु गाइरहेकी छु ।
दिनमा कति गीत गाउनुहुन्छ ?
यति नै भन्ने छैन । कहिले खाली नै हुन्छु । कहिले दिनमै तीन–चारवटा गीत रेकर्डिङ भ्याउनुपर्छ । स्टेज प्रोग्राममा त्यस्तै हुन्छ ।
बाग्लुङको पाण्डवखानीबाट गीत गाउन काठमाडौं झरेको दस वर्ष पुगेछ । आफ्नै सोलो एल्बम ‘भाग्य’ बजारमा आयो । अरु साथीहरुसँ मिलेर ४–५ वटा एल्बम पनि बजारमा ल्याएँ । अहिलेसम्म लगभग ४५ सय गीतमा स्वर भरिसकी हुलाँ ।
सानैदेखि नै गायन क्षेत्रमा आउँछु भनेर सपना बुन्नुभएको थियो कि ?
कक्षा ९ मा पढ्दा मलाई कलाकार बन्ने भुत चढ्यो । त्यसपछि म काठमाडौं आएँ । दोहोरीमा मन गयो । त्यसपछि अहिलेसम्मै दोहोरीमै छु ।
दोहोरी गीत गाउन संगीतको शिक्षा कतिको आवश्यक छ ?
हरेक विधाको गायनका लागि संगीत सिक्नु आवश्यक छ । तर दोहोरीका लागि मरेर सिक्नुपर्छ भन्नेचाहि छैन ।
कलाकारलाई दुःख छ । त्यो सही कुरा हो । तर, सरकारलाई नै दोष थुपार्नुचाहि ठिक होइन । किनभने कुनै कलाकारले दुःख गरेर गीत गाएको आफ्नै लागि हो । सरकारको लागि होइन । सरकारले नीति बनाइदिनुपर्छ । कमाउने कलाकारले कर तिर्नुपर्छ । यस्तो थिति बसालियो भने सबै ठिकमा आउँछन् जस्तो लाग्छ ।
कर तिर्नुपरे त कमाउने कलाकारलाई अप्ठेरो पर्ला नि ?
कर तिरेर गरिब भइदैन । यसले देश, जनता र कलाकार सबैलाई ठुलो योगदान मिल्नेछ ।
यो क्षेत्रमा लागेर सबैभन्दा ठुलो उपलब्धि के भएजस्तो लाग्छ ?
देवी घर्तीमगर भन्ने पनि गायिका रहेछन् भनेर सबले थाहा पाएका छन् । श्रोतादर्शकले मेरो स्वर मनपराइदिनुभएको छ । यही नै मेरो लागि ठुलो उपलब्धि हो ।

तपाई पश्चिमेली भाकामा मात्रै बढी सुनिनुहुन्छ नि, पूर्वेली भाका मनपर्दैन ?गायन क्षेत्रमा लाग्नुभएको एक दशक भइसकेछ, कति गीत गाउनुभयो अहिलेसम्म ?
एकदमै मनपर्छ । तर अहिलेसम्म गाउने मौका मिलेको छैन । आफु पश्चिमको भएर पनि होला, पश्चिमेली भाकामा बढी देखिएकी छु । मौका मिल्नसाथ पूर्वेली भाकामा पनि गीत गाउँछु ।
बाग्लुङको पाण्डवखानीबाट गीत गाउन काठमाडौं झरेको दस वर्ष पुगेछ । आफ्नै सोलो एल्बम ‘भाग्य’ बजारमा आयो । अरु साथीहरुसँ मिलेर ४–५ वटा एल्बम पनि बजारमा ल्याएँ । अहिलेसम्म लगभग ४५ सय गीतमा स्वर भरिसकी हुलाँ ।
सानैदेखि नै गायन क्षेत्रमा आउँछु भनेर सपना बुन्नुभएको थियो कि ?
कक्षा ९ मा पढ्दा मलाई कलाकार बन्ने भुत चढ्यो । त्यसपछि म काठमाडौं आएँ । दोहोरीमा मन गयो । त्यसपछि अहिलेसम्मै दोहोरीमै छु ।
दोहोरी गीत गाउन संगीतको शिक्षा कतिको आवश्यक छ ?
हरेक विधाको गायनका लागि संगीत सिक्नु आवश्यक छ । तर दोहोरीका लागि मरेर सिक्नुपर्छ भन्नेचाहि छैन ।
भनेपछि सजिलो रहेछ, दोहोरी गायन ?अहिले कलाकारिता क्षेत्रमा धेरै समस्या छन् रे, सरकारले हेरिदिएन भनेर कलाकारहरु आक्रोशित छन्, तपाई यसबारेमा के भन्नुहुन्छ ?
कसरी सजिलो भन्नु । परिस्थिति हेरेर तुरुन्तै गीतको टुक्क बनाउनुपर्छ । जवाफ फर्काउनुपर्छ । हारियो भने लाजमा परिन्छ । त्यसैले दोहोरीको लागि दिमाग छिटो चल्नुपर्छ । समय धेरै दिनुपर्छ । अरु गीतमा ५–६ मिनेट गाएर सकिन्छ भने दोहोरी कतिबेला सकिने हो पत्तो हुन्न ।