Header Ads

रातो टिका रातो साडी लगाउनेलाई … आइ लभ यु कसरी भन्ने ?

काठमाडौँ । विगत ७ वर्ष देखि नेपाली पप संगीत क्षेत्रमा निरन्तर लागि परेका गैडाकोट, नवलपरासीका गायक तथा संगीतकार रमेस थनेत आफ्नो पहिलो एकल एल्बम १६०कि.मी.को अपार सफलतापछि, दोस्रो एकल एल्बमको पहिलो म्युजिक भिडीयो “रातो टिका रातो साडी” नामक गीतबाट कमब्याक गरेका छन् ।

 भिजन नेपाल फिल्मस्को पोष्ट प्रोडक्सन रहेको उक्त म्युजिक भिडीयोको निर्देसन शिव शर्माले गरेका हुन् भने छायांकन रबिन्द्र बरालले गरेका हुन् । नकुलकार्कीको शब्द–संगित तथा दिनेश श्रेष्ठको संगित संयोजन रहेको उक्त गीत ओपस-९ स्टुडिओमा रेकर्ड गरिएको हो । अति नै रमणिय ठाउँमा छायांकन गरिएकोउक्त म्युजिक भिडीयो अहिलेका युवा पिडीलाई लक्ष्य गरी बनाइएको भिडीयो निर्माता रास क्रीयसनका एक सदस्य आशिष घिमिरेले बताएका छन् ।
Powered by Blogger.