Header Ads

कम उमेरका कारण सुत्केरी हुन नसकेर १ बर्षमा ३८ आमाको मृत्यु

अछाम, ४ कात्तिक । उमेर नपुग्दै गर्भवती हुँदा सुदुरपश्चिमका ९ जिल्लामा एक बर्षको अवधीमा सुत्केरी हुन नसकेर ३८ आमाको मृत्यु भएको छ । जसका कारण सोही अवधीमा १ हजार ८६ जना बच्चाको पनि मृत्यु भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

जसका कारण अछाम जिल्लामा मात्रै एक बर्षकोे अवधीमा २० बर्ष मुनि उमेर समूहका ४३ आमाले सुत्केरी नहुदै पेटमै बच्चा गुमाएका छन ।

यो तथ्यांक जिल्लास्थित दुई ठुला अस्पताल जिल्ला अस्पताल र बयलपाटा अस्पतालको मात्र हो । यी दुई ठुला अस्पतालमा गत साउन महिनायता सुरक्षित सुत्केरी हुन आएका ८ सय ६१ मध्ये ४ सय १२ किशोरी थिए ।

बयलपाटा अस्पतालको तुलनामा जिल्ला अस्पतालमा आउने किशोरीको संख्या निकै न्युन देखिन्छ ।
भिडियो तल छ हेर्नुहोस !

Powered by Blogger.