'सबैकुरा भन्न मिल्दैन, अब भकाभक दनादन निर्णय गर्न मात्र बाँकी'-सभामुख नेम्वाङ
काठमाडौं । संविधानसभाका सभामुख सुवाश चन्द्र नेम्वाङले संविधानका विवादीत विषयमा दलहरुले अब भकाभक निर्णय गर्न मात्र बाँकी रहेको बताउनुभएको छ । नेताहरुले भ्रमण र अनुभव गर्न मंगलग्रह र चन्द्रमाको मात्र बाँकी रहेको भन्दै नेम्वाङले अघिल्लो संविधानसभामा दलहरुले चाहिने जति सबै अनुभव लिइसकेकाले अब निर्णय गर्ने अन्तिम बेला आएको बताउनुभयो ।
यसोदादेवी भगवानसिंह केसी मेमोरियल टस्टले नुवाकोट र रसुवा जिल्लाको सामुदायिक विद्यालयबाट गत बर्ष एसएलसीमा उत्कृष्ठ अंक ल्याउने छात्रछात्रालाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै सभाध्यक्ष नेम्वाङले यस्तो धारणा राख्नुभएको हो ।
अघिल्लो संविधानसभामा अनुभव हाँसिल गर्ने सवालमा ४ बर्ष ९ महिना खर्चेर सबै अनुभव हाँसिल गरिसकेको भन्दै नेम्वाङले भन्नुभयो-'हामी मंगलग्रह र चन्दमा बाहेक सबै ठाउँमा पुगिसक्यौं, हामीले गर्नुपर्नेजति सबै अनुभव हाँसिल गरिसक्यौं, अब हाँसिल गर्न केहीपनि बाँकी छैन, छलफलको कुरा गर्ने हो भने गत संविधानसभामा ४ बर्ष ९ महिना छलफल गर्यौं, अब बाँकी भनेको निर्णय गर्न छ, अब भकाभक दनादन निर्णय गर्न बाँकी रहेको छ ।'
जनताको आशिर्वादले गर्दा दल र दलका नेताहरुले अवसर पाएको भन्दै यस पटक अवसर गुम्न दिन नहुने सभामुख नेम्वाङको भनाई छ ।
दलहरुसँग आफु निरन्तर छलफल गरिरहेको बताउँदै नेम्वाङले सबैकुरा बाहिर भनिहाल्न नमिल्ने भन्दै नेताहरुल भेटमा विवाद टुंग्याउन एक दिन पर्याप्त, दुई दिन पर्याप्त, एकघण्टा पर्याप्त भनेपनि निर्णय चाहिँ नगरिरहेको भन्दै १५ गतेसम्मको अवधि नेताहरुका लागि अन्तिम अवसर भएको बताउनुभयो ।
अघिल्लो संविधानसभाले संविधान नबनाई भंगहुने कुनै कल्पना नगरेको भन्दै भंग भएपनि एकपटक अवसर पाइएको बताउनुभयो ।
संविधानसभा भंगभएपछि अँध्यारो सुरुंगमा गएको भन्दै सभामुख नेम्वाङले भन्नुभयो-'देश अझैपनि अँध्यारो सुरुगंमा छ तर अब उज्यालोको संघारमा आइपुगेका छौं, अब हामीले उज्यालो ल्याउनुपर्छ ।'

संविधानसभाको आयु ४ बर्ष राखिएपनि दलहरुले निर्वाचन घोषणापत्रमै एक बर्षमा संविधान बनाउने प्रतिवद्धता जनाइसकेकाले नेताहरुको त्यहि प्रतिवद्धतालाई हेरेर जनताले एकर्षको मात्र आशिर्वाद दिएर संविधान बनाउन पठाएको बताउनुभयो ।
जनताको जनादेश कुनै जाति वा भाषा विशेषको संविधान बनाउने नभई मिलेर सबै नेपालीको साझा संविधान बनाउन म्यान्डेट दिँदै सबै दललाई त्यसैअनुसार आकार दिएको समेत सभाध्यक्ष नेम्वाङले प्रस्ट पार्नुभयो ।
संविधानसभाले कार्य थालेको एकबर्ष अर्थात माघ ८ गते भित्रमा संविधान बनाउनेगरि संविधानसभाको पहिलो बैठकले निर्णय गरिसकेकाले एकबर्षभन्दा बढी समय लिन र लगाउन नहुने बताउनुभयो ।
संविधान तोकिएको समयमा नबन्लाकि भन्ने विषयमा छलफलनै आवश्यक नरहेको भन्दै संविधानसभाका सभामुख नेम्वाङले तोकिएकै समयमा संविधान बनाउन लागि पर्नुपर्ने र त्यसै अनुसार संविधानसभाका समितिहरुको कार्यतालिका आन्तरिक रुपमा मात्र केही परिवर्तन गरिएको बताउनुभयो ।
हिजो भएको दलिय सहमती अन्तिम पटक नेताहरुका लागि अवसर दिंदै कार्तिक १५ गतेसम्ममा सहमती जुटाउन दलहरुलाई समय दिएको स्मरण गर्दै त्यसपछि सहमतीय आधारमा प्रक्रियागत ढंगले संविधानसभा अघि बढ्ने बताउनुभयो ।

संविधानसभा कार्यपरामर्श समितिमा स्वतन्त्र सहित संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलकै शिर्ष नेताले अब थप समय सहमतीका नाममा खर्चेर संविधान निर्माणमा ढिलाई गर्न नहुने भन्दै तोकेरै अन्तिम पटक समय थपेको उहाँको भनाइ छ ।
कार्यक्रममा नुवाकोट जिल्लाको सामुदायिक विद्यालयबाट उत्कृष्ठ अंक ल्याउने छात्र र छात्रा तथा रसुवा जिल्लाबाट उत्कृष्ठ अँक ल्याउने एक छात्रालाई नगद १० हजार एक रुपैयाँ सहित सभामुख सुवासचन्द्र नेम्वाङले सम्मानित गर्नुभएको थियो ।
टस्ट नेपाली काँग्रेसका बरिष्ठ नेता अर्जुन नरसिँह केसीको आमा बुवाको नाममा खोलिएको हो । कार्यक्रममा नेता केसी सहित सभासद जगदिश्वर नरसिँह केसी, संस्थाका अध्यक्ष डा केदार नरसिँह केसी एमाओवादी पूर्व सभासद हित बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।