Header Ads

डिभिजन थ्री क्रिकेटमा नेपाल युगाण्डासँग २० रनले पराजित

काठमाडौं । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा खराव सुरुवात गरेको छ । उपाधि रक्षाको लक्ष्यका साथ मलेसिया आएको नेपाली टोली पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको छ । किनरारा ओभलमा टस जितेर नेपालले फिल्डिङ रोज्यो । पहिले व्याटिङको निम्तो पाएको युगाण्डाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

२३ रन बनाउँदा ५ विकेट गुमाएको युगाण्डाको पारी मुकोबी र मासबाले सम्हालेका थिए । छैटौं विकेटका लागि मुकोबी र मासबाले २३७ रनको साझेदारी गरे । मुकोबी ८४ र मासबा ५१ रनमा आउट भए । नेपालका कप्तान पारस खड्काले विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट हात पारे । सागर पुनले १ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको नेपालले ४८.५ ओभरमा १८३ रन बनाउँदा सबै विकेट गुमायो । नेपाली व्याट्सम्यानहरुले टिकेर खेल्न सकेनन् । नरेश बुढायरले १२२ बलमा चार चौका र १ छक्काको मदतमा ६२ रन बनाए । सुवास खकुरेल, शरद भेसवाकर र सागर पुनले समान २२/२२ रन बनाए ।

ज्ञोनन्द्र मल्ल र पारस खड्का १४/१४ रनमा आउट भए भने बसन्त रेग्मीले १० रन जोडे । मेहबुब आलम र विनोद भण्डारी समान ४/४ रनमा आउट भए । शक्ति गौचनले खाता नै खोल्न सकेनन् भने सोमपाल कामी १ रनमा अविजित रहे ।
भिडियो पनि हेर्नुहोस , इमेजमुनि राखिएको छ !
Powered by Blogger.