पुरस्कार बितरण नगरी आयोजक फरर भएपछी .. हङ्गामा
हेटौडा । हेटौडामा आयोजीत ट्यालेण्ट शो मिस्टर एण्ड मिस नारायणीकोे उपाधि बिजेतालाई पुरस्कार नदिई आयोजक फरार भएका छन् । स्ट्रीङ मिडिया प्रालि द्धारा सञ्चालित भनिएको मिस्टर एण्ड मिस नारायणीको फाईनलमा श्यामसुन्दर धिताल र प्रतिभा सुबेदिले उपाधि जितेको भएपनि उनीहरुलाई पुरस्कार बितरण नगरी आयोजक फरर भएका हुन् ।
हिजो साँझ सम्पन्न प्रतियोगिताका बिजयीहरुलाई आयोजकले ताज पैरीएर उपाधि जित्ने प्रतिभा सुबेदी र श्याम सुन्दर धितालसंग सबै फोटो खिच्न लाग्दा आयोजक त्यसैको मौका छोपेर भागेका हुन । आयोजक कार्यक्रम सकिएको जानकारी समेत नगरी घोषणा गरेको पुरस्कार र प्रमाण पत्र नै बितरण नगरी कार्यक्रम स्थल बाट भागेका सहभागिहरुले बताएका छन् । आयोजक भागेपछि कार्यक्रमस्थल तनाब ग्रस्त भएपनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
महिला तर्फ उपाधि बिजेतालाई लाई १ वटा स्कुटर, १ वटा चलचित्रमा अभिनय र ६ वटा म्युजिक भिडियोमा अभिनय गर्न दिइने आयोजकले बताएको थियो । त्यस्तै, फस्ट रनर अपले २५ हजार नगद ३ वटा म्युजिक भिडियोमा अभिनय गर्न पाउने र सेकेण्ड रनर अपले १५ हजार नगद र २ वटा म्युजिक भिडियोमा अभिनय गर्न पाउने घोषणा गरीएको थियो ।
त्यस्तै पुरुष तर्फ प्रथम हुनेलाई ७५ हजार नगद सहित १ वटा चलचित्रमा अभिनय र ६ वटा म्युजिक भिडियोमा अभिनय गर्न पाउने बताइएको थियो । त्यस्तै फस्ट रनर अपले २५ हजार नगद, ३ वटा म्युजिक भिडियोमा अभिनय गर्न पाउने र सेकेण्ड रनरअपले १५ हजार नगद र २ वटा म्युजिक भिडियोमा अभिनय गर्न पाउने आयोजकले घोषणा गरेको थियो ।
बेपत्ता पछि आयोजक संस्था स्ट्रिङ मिडिया प्रालिका प्रबन्ध निर्देशक शिरष पुडासैनी र कार्यक्रम संयोजक पंकज शर्मा मोबाईल स्विच अफ गरी सम्पर्क बिहिन बनेका छन् ।

भिडियो तल छ हेर्नुहोस !