माओवादीले केन्द्रीय कमिटी भङ्ग गरी विशेष महाधिवेशन गर्ने
काठमाण्डाै, असोज ८ । नेकपा (माओवादी केन्द्र) ले अहिलेको केन्द्रीय कमिटी विघटन गरी विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने, त्यसकाे संयोजन अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै बैठकले तोकिएको समयमा चुनाव गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता सापकोटाले बताउनुभयाे । उहाँका अनुसार चुनाव गराउन पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णयसमेत भएको छ ।
जेन–जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर सझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, सामाजिक सङ्घ–संस्थाहरू सबैलाई समेटेर बृहत्सं युक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको सापकाेटाले बताउनुभयाे ।