फिलिपिन्समा रोनिशलाई फष्ट रनरअपको उपाधि, आयुष टपटेनमा
काठमाडौँ । फिलिपिन्सको मनिला शहरमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता रवे मोडल युनिभर्स २०२५’मा
नेपालका रोनिश खड्गीले फष्ट रनरअपको उपाधि जच्न सफल भएको छ ।
३० बढी देशका प्रतियोगीको सहभागी रहेको प्रतियोगीता
गत २३ देखि ३१ मेसम्म आयोजना भएको थियो । प्रतियोगीतामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए ।
प्रतियोगीतामा
आफुले नेपाली कलासंस्कृति समेत प्रस्तुत गरेको खड्गीले बताए । खड्गी मोडल हन्ट नेपाल २०२३’का विजेता हुन् ।
त्यस्तै, फिलिपिन्समै आयोजना भएको म्यान अफ द वल्र्ड २०२५’मा नेपाली आयुष दुलाल भने उत्कृष्ट १० भित्र पर्न सफल
भएका छन् ।
दुलाल मिस्टर नेपाल २०२४’मा म्यान अफ द वल्र्ड नेपाल २०२४’को उपाधि विजेता हुन् ।
दुबै प्रतियोगीलाई प्रतियोगीतामा नेक्स्ट मोडल्स नेपालकी पठाएको हो ।
नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले आफुले
पठाएको प्रतियोगीले अन्तराष्ट्रिय क्षेत्रमा नाम राख्न सफल भएकोमा खुसी ब्यक्त गरे ।
अहिलेको उपलब्धिले आगामी बर्षका
प्रतियोगीलाई हौसला र सहयोग मिल्नेछ’ उनले भने ।