Header Ads

सुगम पोखरेलको 'निलो गहिरो' गीतको म्युजिक भिडियो सार्बजनिक

काठमाडौं । गायक सुगम पोखरेल को नयाँ गिती संग्रह "नवमी" मा रहेको " निलो गहिरो " बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। 

सुगम स्वयं र नरेश देव पन्त को शब्द रहेको उक्त गीत मा सङ्गीत सुगम आफै को रहेको छ। गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन्।  


इलामका रमणीय ठाउँ हरु समेत समेटेर बनाइएको भिडियो लाइ दिनेश थापा काजी ले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले भिडियो को सम्पागन गरेका हुन्। 

भिडियोमा सुगम लगायत यांजी गुरुङ , सोनी तुम्बाहाम्फे , रेजिना श्रेष्ठ ,यालुंग हाङ्ग राई र कुन्सांग राई लाई फिचर गरिएको छ। 

पछिल्लो समय केहि फरक प्रकारका गीतलाई निकालिरहेका सुगम ले उक्त गीतलाई पनि सबै दर्शक श्रोताहरु ले मन पराउनु हुन्छ भन्ने आशा गरेका छन्। गिती संग्रह "नवमी" सुगम को ९ औँ संग्रह हो।
 
Powered by Blogger.