छोटो लुगा काण्ड: कुटपिट गरी गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुदै
काठमाडौं । छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् ।
मकवानपुरका थाहा नगरपालिका- १२ बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । 
उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।
छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।