Header Ads

BREAKING NEWS : तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङमा दुर्घटना भएको पुष्टि

खराब मौसमका कारण हराइरहेको तारा एयरको जहाज खोज्‍न कठिन, हेलिकोप्टर जोमसोम नै फर्कियो  
 सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।

 तारा एयरको जहाज लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्कबिहीन भएको गृहमन्त्रालयले जनाएको छ।  


 सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ। 

जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो । गृहमन्त्री बालकृष्ण खाणले जहाज खोजी कार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

 सम्पर्कबिहीन जहाजमा चालकदलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए।
Powered by Blogger.