Header Ads

दक्षिण कोरियामा छायाँकन 'हाम्रो सम्बन्ध' म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । दक्षिण कोरियामा रहेका युवा गायक नविन बिश्वकर्माको सुमधुर स्वरमा समावेश 'हाम्रो सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

 प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक बिश्वकर्माको शब्द, संगीत रहेको छ। गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ।  


 दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। 

 इकामशटको सम्पादन र छायाँकन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो।

 यसअघि गायक बिश्वकर्माको स्वरमा 'यादमा', 'आभाष' बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

( भिडियो )
Powered by Blogger.