वैदेशिक यात्राको लागि अनुमति माग्दै अभिनेत्री ज्याक्लिन
एजेन्सी । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिसले युएईको अबुधाबी, नेपाल र फ्रान्स यात्राको लागि अनुमति माग्नुभएको छ ।
यस यात्राका लागि उनले बुधबार नयाँ दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिनुभएको हो ।
उहाँ नेपालमा दवगं टुरका साथै अबुधाबीमा आइफा अवार्डमा सहभागि हुनुहुनेछन् यसका लागि ज्याक्लिनलाई अदालतले अनुमति दिनुपर्ने हुन्छ । उहाँलाई राहदानी फिर्ता दिन पनि माग गरिएको छ ।
यो निवेदन वर्तमान मुद्दाको तथ्य र परिस्थितिलाई मध्येनजर गर्दै दायर गरिएको हो । सन् २००९ देखि भारतमा बसेर बलिउडमा सक्रिय अभिनेत्री ज्याक्लिन श्रीलंकाकी नागरिक हुन् ।-Photo: Agency

