Header Ads

मेलिना र नरेशको स्वरमा 'जब तिमी' सार्वजनिक ( भिडियो )

 काठमाडौं ।  गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो 'जब  तिमी' सार्वजनिक भएको छ।  उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्।

हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत  र संगीत संयोजन रहेको छ।


 जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय  परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ।  सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।  

किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  


Powered by Blogger.