सीडीओ भन्छन् – पसल खोल्न अवरोध नगर्नू, प्रहरी भन्छ – सरकारको आदेश छैन
काठमाडौं, २७ जेठ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरे पनि प्रहरीले कडाइ गर्न थालेको छ ।
प्रहरीले न्यूरोडसहित विभिन्न क्षेत्रमा खुलेका पसललाई बन्द गराउँदै हिँडेको छ । सरकारले लकडाउनको मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गरिरहेको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको आदेश जुन मोडालिटीमा छ, त्यही अनुसार प्रहरीले कार्यान्वयन गरिरहेको बताए । उनले भने, ‘हामीलाई आदेश नआउञ्जेल कडाइ नै हुन्छ ।’
उनका अनुसार मंगलबार बिहान मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा उपत्यकाका तीन जिल्लाबाट १७ सय सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।
न्यूरोडका पसल प्रहरीले बन्द गरायो, व्यापारीसँग घम्साघम्सी
व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए । उनले प्रहरीको यो कार्य निन्दनीय भएको समेत बताए ।
यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । र, सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो निर्णयपछि बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै पसल बन्द गराउने गरेका छन् ।
स्रोत : अनलाइनखबर