२ सय ७८ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ११ पुगे, संक्रमितको संख्या २९ सय १२ पुग्यो
काठमाडौं, २३ जेठ । शुक्रबार थप २ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत थप २ सय ७८ जना कोरोना संक्रमित थपिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ जना पुगेको छ । त्यस्तै, पछिल्लो ३ दिनमा २ सय भन्दा बढी संक्रमित दैनिक रुपमा थपिइरहेका छन् ।
बिहीबार ३ सय ३४, वुधबार २ सय १ र मंगलबार २ सय ८८ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, शुक्रबारसम्म ८८ हजार ३ सय ६६ को पीसीआर र १ लाख ३२ हजार ९ सय ६६ जनाको आरडीटीबाट परीक्षण गरिसकिएको छ ।