Header Ads

नेपालमा थप ३२३ कोरोना संक्रमित, संक्रमण संख्या ४ हजार नाघ्यो, थप एकको मृत्यु

काठमाडौँ, २७ जेठ । नेपालमा पछल्लो २४ घण्टामा थप ३ सय २ ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत थप ३२ ३ जना संक्रमित थपिएका जानकारी दिएका छन् ।

यससँगै हालसम्म कुल कोरोना संक्रमितको ४ हजार ८६ जना पुगेको छ । म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

त्यस्तै, प्रवक्ता गौतमले थप एक जनाको कोरोनाका कारण मृत्यु भएको बताए । यससँगै मृत्यु हुनेको संख्या १५ जना  पुगेको छ । त्यस्तै, ५ सय ८४ जना संक्रमितहरु निको भएका छन् ।

प्रवक्ता गौतमका अनुसार देशभरमा हाल आइसोलेशनमा ३ हजार ४ सय ८७ जना रहेका छन् । त्यस्तै, १ लाख ६५ हजार ७५ जना क्वारेनटाइनमा रहेका छन् ।

हालसम्म पिसीआर परीक्षणबाट १ लाख ६ हजार ३ सय ३१ र आरडिटी परीक्षण १ लाख ६६ हजार १ सय ५८ जनाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Powered by Blogger.