Header Ads

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौँ, २४ जेठ । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या १२ जना पुगेको छ ।

सुर्खेतमा बस्दै आएका ति पुरुष जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए । उनको घरको क्वारेन्टाइनमै बसेको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो ।

मृत्यु भएको २ दिनपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । शनिबार उनको परीक्षणको रिपोर्ट पाजेटिभ आएको हो ।

दमका रोगी रहेका उनको अन्योष्टि गरिसकिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
Powered by Blogger.