काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने - महासंघका अध्यक्ष कटुवाल
काठमाडौं, २२ जेठ । काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।
‘हामीले एकतर्फी निर्णय गरेर बजार खुलाएपछि सीडीयो सापले छलफल डाक्नु भएको थियो, एकदमै छोटो मिठो छलफल भयो’ अध्यक्ष कटुवालले भने, ‘सीडीयो सापले हामीलाई तपाईहरुको कुरामा हाम्रो केहि विमति छैन, तपाईहरुको समस्या हामी जस्ताको तस्तै उच्च स्तरीय समितिमा सिफारिस गर्नेछौं भन्नु भएको छ ।’
यस अघि लकडाउनकै विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकले लकडाउन उल्लंघनबारे कोभिड–१९–सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको छ ।
यो समस्याबारे उच्चस्तरीय समिति र सीसीएमसीलाई जानकारी गराउने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार जानकारी पठाउने जिम्मा काठमाडौंका सीडीयोलाई दिइएको छ ।
स्रोत : अनलाइन खबर