भारतका चर्चित संगीतकार वाजिद खानको निधन, कोरोनाको रिपोर्ट आउन बाँकी
काठमाडौं । भारतका लोकप्रिय संगीतकार वाजिद खानको आइतबार राति निधन भएको छ।
गायक सोनु निगमले फेसबुकमा पोस्ट गर्दै यसको पुष्टि गरेका छन्। वाजिद खानको परिवारले पनि बीबीसीसँग उनको मृत्यु भएको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘भाइ वाजिदले हामीलाई छाडेर गए।’ भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोरोनाबाट संक्रमित थिए।
उनको परिवारले बीबीसीलाई बताएअनुसार वाजिद खान मिर्गाैला रोगले पीडित थिए। २ वर्षअघि मात्र मिर्गाैला प्रत्यारोपण गरिएको थियो।
उनको परिवारले गराएको जानकारीअनुसार उनको घाँटीमा संक्रमण भएपछि उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो र कोरोना परीक्षणका लागि उनको स्वाब परीक्षणमा पठाइएको थियो। तर रिपोर्ट आउन बाँकी छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद खानको नयाँ गीत ‘भाइभाइ’ एक हप्ताअघि मात्र रिलीज भएको थियो। जुन सलमान खानसँग मिलेर गरिएको थियो।
अभिनेता रणवीर शोरेले उनलाई श्रद्धाञ्जलि दिएका छन्।
यस्तै अभिनेत्री प्रियंका चोपडाले पनि संगीतकार खानप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्।

Devastated to hear news coming in that one of my childhood friends, music director @wajidkhan7 of Sajid-Wajid has succumbed to #COVID19! Am shocked beyond words! @SajidMusicKhan, mere bhai, sending hugs to you and the family. This is so, so sad. #RIP— Ranvir Shorey (@RanvirShorey) May 31, 2020
Terrible news. The one thing I will always remember is Wajid bhai's laugh. Always smiling. Gone too soon. My condolences to his family and everyone grieving. Rest in peace my friend. You are in my thoughts and prayers.@wajidkhan7— PRIYANKA (@priyankachopra) May 31, 2020