Header Ads

लकडाउनको खुकुलो पार्ने विषयमा मन्त्रिपरिषदमा छलफल

काठमाडौं, २२ जेठ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

 बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलँई जिम्मा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

 सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।
Powered by Blogger.