वाटर क्यानन खरिदमा पनि चलखेल
काठमाडाैं, २२ वैशाख । नेपाल प्रहरीले भट्टकै कम्पनीमार्फत एउटा वाटर क्यानन खरिदका लागि सम्झौता गरेको पनि एक वर्ष भइसकेको छ ।
तर, उनले उपलब्ध गराउन सकेका छैनन् । जब कि त्यसका लागि एकपटक प्रहरी प्रधान कार्यालय र अर्काेपटक गृह मन्त्रालयले म्याद थप गरेका छन् ।
तेस्रोपटक म्याद थपका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भए पनि अस्वीकृत भएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले उनको कम्पनीलाई ढिलाइबापत जरिवानाका लागि प्रक्रिया अघि बढाइसकेको थियो ।
वाटर क्याननको उनको ठेक्काले भने नियमावली संशोधनपछि निरन्तरता पाउने भएको छ ।
करीब तीन करोड रुपैयाँमा उनले प्रहरीलाई एउटा वाटर क्यानन बेच्न लागेका हुन् । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।