Header Ads

ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

काठमाडौं, ३१ वैशाख । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

 आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

 त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

 कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ ।

 बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

 यस बिषयमा थप जानकारी लिइँदै गरेको स्वास्थ कार्यालयले जनाएको छ।
Powered by Blogger.