कोरोना संक्रमित भाग्न खोजे पर्सा प्रहरीलाई गोली ठोक्ने अधिकार
काठमाडौं, २ जेठ । आइशोलेसनबाट कोरोना संक्रमित भाग्न खोजे पर्सा प्रहरीले गोली ठोक्न सक्नेसम्मको अधिकार पाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले प्रहरीलाई यो अधिकार दिएको हो ।
आजका दिनदेखि भर्ना भएका संक्रमित भाग्न नदिनका लागि सुरक्षा निकायले उच्च सतर्कता अपनाउनुपर्ने भएकाले नियन्त्रणमा लिनका लागि गोली चलाउनेसम्मको अधिकार दिने बैठकको ३ नम्बर निर्णयमा उल्लेख गरिएको छ ।
बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएपछि प्रशासन यो निर्णयमा पुगेको बताइएको छ ।
बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।