Header Ads

पूर्वयुवराज पारस शाह भन्छन्– ‘फाइन्नली ब्रेकअप’

काठमाडौं । दुनियाँलाई लक डाउनका कारण समस्या भए पनि पोखरामा रहेका पूर्वयुवराज पारस शाह भने विन्दास छन् । उनी आजभोली सामाजिक सञ्जाल फेसबुकमा सक्रिय हुन्छन्, त्यो पनि लाइभमा ।

आजभोली उनका दुई स्ट्याटस निक्कै चर्चामा छन् । युट्युवर सोनिका रोकायासँगको सम्बन्धको चर्चा चलेका उनले फेसबुकमा लेखेका छन्– फाइन्नली ब्रेकअप ! खास कारण खुलाएका छैनन् तर त्यसअघि उनले लेखेका छन्,‘ब्रेक फाइन्नली फ्रि एट लास्ट ।’


कतिपयले पारस सोनिकाको सम्बन्ध भत्किएको अनुमान गरेका छन् । पूर्वयुवराज्ञी हिमानी शाहसँग लामो समयदेखि सम्बन्ध राम्रो नभएको चर्चा चलिरहेका बेला सोनिकासँग उनको अफेयरका चर्चा थिए । सामाजिक सञ्जालमा पारससँगको सम्बन्धका विषयमा सोनिकाका भिडियो नै धेरै सार्वजनिक हुने गरेका थिए ।

सामान्य हिसाबले उनको ब्रेकअपचाहिँ सोनिकासँग भएको अनुमान लगाइएको छ । त्यसअघि सोनिकासहितको तस्बिर राखेर उनले लेखेका छन्,‘सबै कुराको सुरुआत हुन्छ र सबै अन्त्य एउटा सुरुआत हुन्छ ।’ उनको यो लेखाईले सोनिकासँगको सम्बन्धमा खटपट भएको भन्ने पनि अथ्र्याउन सकिन्छ ।


त्यसो त सोनिकाले पारसको १२ लाख लिएर भागेको भन्ने एउटा समाचारको स्क्रिन सर्ट राख्दै पारसले लेखेका छन्,‘जसले यो समाचार लेखाउने या सूचना दिनेलाई भेटाए हुन्थ्यो ।’ यहि प्रकरणमा उनले एउटा फेसबुक लाइभमा भनेका छन्,‘मेरा कारणले कसैले कमाउँछ भने कमाउन देऊ, मलाई कुनै सरोकार छैन ।’

उनका केही सहयोगी र साथमा रहेकाले भने आईपी एड्रेशका कारणले समाचार वा न्युज पोर्टललाई भेट्न सकिने सुझाव पनि दिएको लाइभममा सुन्न सकिन्छ ।

यद्यपि अनेक प्रकरणमा लाइभमा आउने गरेका पारसले शिक्षाको विषयलाई पनि प्रमुखताका साथ उठाउँदै भनेका छन्,‘नेपालको शिक्षा प्रणाली नै खराब थियो र छ । सती जाने व्यवस्थाको शिक्षा प्रणाली रहेको छ ।’ उनको यो लेखाईको आशयचाहिँ महिलालाई सम्मान भएन भन्ने प्रकारको छ ।

तर पारसका समग्र पोष्ट र लाइभमा भने सकारात्मक प्रतिक्रिया कमै मात्र छन् । धेरैले उनको आलोचना गरेको पाइन्छ ।

केही सेकेन्डको एउटा लाइभमा उनी बाथरुममा नुहाईराखेका छन् भने कतिपयमा भने पार्टी गरेको डिजे बजाएको भेटिन्छ । एउटा रिसोर्टको उपल्लो तल्लामा बसेका उनले गाईलाई देखाउँदै कृष्णको बारेमा बोलेका छन् भने एउटा विहानचाहिँ योगा ध्यान गरेको लाइभ हालेका छन् ।

उनका हरेक भिडियो र तस्बिरमा प्रायः धुम्रपान गरिरहेको भेटिन्छ भने कतिपय स्ट्याटसमा उनले लक डाउन पालना गर्न भनेका छन् । सीमा कडा गरी मान्छेलाई पोखरा आउनका लागि पनि उनले सुझाव दिएको पोष्ट गरेका छन् । (दैनिक नेपाल डट कम बाट साभार साभार सामग्री)
Powered by Blogger.