Header Ads

पूर्वप्रहरी महानिरीक्षक खनाल, सांसदद्वय श्रेष्ठ र बस्नेतद्वारा मानव अधिकार आयोगमा उजुरी

काठमाण्डौ, २२ वैशाख  । सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफू हरुलाई फसाउन खोजिएको भन्दै उजुरी दर्ता गराउनु भएको छ ।

राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उहाँहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफू हरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताउनु भएको हो । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफू लाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उहाँहरुले यस्तो बताउनु भएको हो ।

आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झूटो आरोप लगाएर फसाउन खोजिएको बताउनुभयो ।

डा. यादव लागयतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रकृयामा सहभागि हुने चाहना पनि व्यक्त गरेको उहाँले बताउनुभयो । प्रकृयामा सहभागी हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाण्डौ ल्याइएको उहाँले बताउनुभयो ।

अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठ (किसान)ले आफू हरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफू हरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताउनुभयो ।

‘हामीले कल्पना समेत गरेका थिएनौँ । पूर्व प्रधानमन्त्री । झन पीएचडी गरेको मान्छे । सबैले उहाँलाई सम्मान गर्छन् । मैले सम्मान गर्छु । तर उहाँले यस्तो गम्भिर आरोप लगाउनुभयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ।

पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफू हरु विरुद्ध झूटो आरोपले आफू लाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताउनुभयो ।

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताउनुभयो । दुवै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उहाँले मानव अधिकार उलंघन भए-नभएको यकिन गरिने बताउनुभयो ।

अनुसन्धान निष्पक्ष ढंगले हुने भन्दै उहाँले कानून र संविधान बमोजिम आफ्नो दायित्व पुरा गर्ने बताउनुभयो ।

यसअघि आफू लाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिनुभएको थियो । काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याउनुभएको थियो । यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए ।

यस्तो छ उजुरीको पूर्ण पाठ :
Powered by Blogger.